KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मन्त्री यादवले गरे सामुदायिक विद्यालयको निरीक्षण

मन्त्री यादवले गरे सामुदायिक विद्यालयको निरीक्षण

जनकपुरधाम,२० फागुन । मधेस प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादवले आधारभूत शिक्षालाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन सामुदायिक विद्यालयहरूलाई सबल बनाउनुपर्ने बताएका छन् ।

धनुषाको धनौजी गाउँपालिका–४ भररिया बीचलाटोल मुसहरीस्थित श्री राष्ट्रिय आधारभूत विद्यालय र सोही गाउँपालिका–३ झोझीकटैयास्थित मद्रसा गुलसने राजा शुक्रबार निरीक्षण गर्दै मन्त्री यादवले आधारभूत शिक्षालाई गुणस्तरीय बनाउन सामुदायिक विद्यालयहरूमा भौतिक पूर्वाधार विकास एवम् जनशक्ति व्यवस्थापन आवश्यक रहेको बताए ।

उनले विद्यालय जाने उमेर समूहका सबै बालबालिकाको सेवा क्षेत्रभित्रका विद्यालयमा अनिवार्य भर्ना र नियमित पठनपाठन हुनुपर्ने वातावरण बनाउन स्थानीय सरकारले सामुदायिक विद्यालयको सबलीकरणका लागि तत्परता देखाउनुपर्ने उल्लेख गरे ।

मन्त्री यादवले मद्रसा शिक्षाका माध्यमले समेत बालबालिकाहरू शिक्षार्जनको मूलप्रवाहमा समाहित हुन आवश्यक कानुनी प्रक्रिया पुरा गरेर मद्रसा सञ्चालन गर्न सम्बद्ध पक्षलाई आग्रह गरे ।

धनौजी गाउँपालिका–४ भररिया बीचलाटोल मुसहरीस्थित विद्यालयमा पठनपाठन गरिररहेका बालबालिकासँग कुराकानी गर्न मन्त्री यादव अचानक पुगेका थिए ।

मन्त्री यादवले त्यस विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ कक्षासम्मका विद्यार्थीहरूसँग पठनपाठनको स्थिति, शैक्षिक सामग्रीको उपलब्धता र दिवाखाजा आदिका विषयमा सोधपुछ गरेका थिए ।

त्यसलगत्तै मन्त्री यादवले विद्यालयका शिक्षक तथा कर्मचारीहरूसँग पठनपाठनमा उत्पन्न हुने कठिनाइ र तिनका समाधानका विषयमा जिज्ञासा राखेका थिए । दलित विद्यार्थीको बहुलता रहेको त्यस विद्यालयमा सेवाक्षेत्रका बालबालिकाहरू भर्ना भए पनि ५० प्रतिशतभन्दा बढी विद्यार्थी पढाइ छाड्ने गरेका छन् भने विद्यार्थीका लागि आवश्यक सँख्यामा डेस्कबेन्च छैनन् ।

विद्यालयमा शिक्षक अभावसमेत छ । मन्त्री यादवले निरीक्षण गर्दाका बेला भान्से नआएको भन्दै विद्यार्थीहरूलाई दिवाखाजा खुवाइएको थिएन । मन्त्री यादवले विद्यालयका समस्याका बारेमा धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार यादवसँग समेत छलफल गरेका छन् ।

गाउँपालिका कार्यालयमा भएको सो छलफलमा मन्त्री यादवले सामुदायिक विद्यालय हुनेखानेका छोराछोरीका लागि उपययुक्त नभएका र तिनमा विपन्न दलित वा छोरीचेलीहरू मात्र पढ्ने दुर्भाग्यपूर्ण सोच बनेकामा चिन्ता व्यक्त गरे ।

उनले नियमित तथा गुणस्तरीय शिक्षाको प्रबन्धन गरिएमा त्यस्तो सोचमाथि प्रहार हुने र यसका लागि गाउँपालिका नेतृत्वले पहल गर्नुपर्ने बताए ।

मन्त्री यादवले मधेस प्रदेशमा एउटा पालिका पनि पूर्ण साक्षर नरहेको भन्दै साक्षर पालिका बनाउन स्थानीय तहहरूको अग्रसरता जरुरी रहेको बताए ।

उनले सामुदायिक विद्यालयको स्तरोन्नतिका लागि प्रदेश सरकारले स्थानीय तहसँग साझेदारी गर्ने जानकारीसमेत दिए ।

Facebook Comment


Related Posts

स्वास्थ्य क्षेत्रमा सुधार माग गर्दै १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र

स्वास्थ्य क्षेत्रमा सुधार माग गर्दै १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र

‘बालबालिकाको मुस्कान नै समृद्ध समाजको आधार हो’ : मन्त्री दास

‘बालबालिकाको मुस्कान नै समृद्ध समाजको आधार हो’ : मन्त्री दास

जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा, सम्हाले पदभार

जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा, सम्हाले पदभार

सिरहाको नवटोलीमा शंकास्पद विस्फोटक वस्तु फेला

सिरहाको नवटोलीमा शंकास्पद विस्फोटक वस्तु फेला

मधेसमा जय नेपाल पार्टीको संगठन विस्तार, ९० युवा पार्टीमा आबद्ध

मधेसमा जय नेपाल पार्टीको संगठन विस्तार, ९० युवा पार्टीमा आबद्ध

जनकपुरमा अग्रगामी मोर्चाको भेलामा अपेक्षाभन्दा बढी कार्यकर्ता सहभागी

जनकपुरमा अग्रगामी मोर्चाको भेलामा अपेक्षाभन्दा बढी कार्यकर्ता सहभागी

ताजा समाचार

सांसद सुनारको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइयो

सांसद सुनारको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइयो

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्रबारे छलफल हुने

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्रबारे छलफल हुने

गुठीसम्बन्धी नयाँ विधेयक छिट्टै संसदमा ल्याइने : मन्त्री रावल

गुठीसम्बन्धी नयाँ विधेयक छिट्टै संसदमा ल्याइने : मन्त्री रावल

१५औँ महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व : देउवा

१५औँ महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व : देउवा

काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको ईभी दुर्घटना, चारको मृत्यु

काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको ईभी दुर्घटना, चारको मृत्यु

उद्योगी व्यवसायीसँग प्रधानमन्त्री बालेनको भेट, आर्थिक चुनौती समाधानमा मन्थन

नेपालले भोगिरहेको जलवायु क्षतिबारे विश्वलाई जानकारी गराउँछौँ : प्रधानमन्त्री शाह


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar