काठमाडौँ, ३० भदौ । काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको विद्युतीय गाडी (ईभी) मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सल्लेमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
मधेस प्रदेश ०३–००१ ज ०७२० नम्बरको भाडाको ईभी सडकबाट करिब १ हजार मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटना दिउँसो करिब २ बजे भएको हो।
गाडीमा चालकसहित ८ जना सवार रहेको र दुर्घटनामा मृत्यु भएका चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य यात्रुको उद्धार गरिएको छ।














