काठमाडौँ, ३० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीविरुद्ध संसद्मा दिएको अभिव्यक्तिको केही अंश संसदीय अभिलेखबाट हटाइएको छ।
सभामुख डोलप्रसाद अर्यालले २६ भदौको प्रतिनिधिसभा बैठकमा सुनारले प्रयोग गरेको विवादित शब्दावली अभिलेखबाट हटाउन मंगलबार संसद् सचिवालयलाई निर्देशन दिएका हुन्।
सुनारले आईजीपी कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लगाउँदै बर्खास्त गर्न सरकारसँग माग गरेका थिए।














