काठमाडौं, १९ कात्तिक । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीबार प्रधानमन्त्री बालेन शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा द्विपक्षीय हित, व्यापार, कनेक्टिभिटी तथा सांस्कृतिक सम्बन्धका विषयमा कुराकानी भएको थियो । सो अवसरमा मिश्रीले नेपालको विकास र समृद्धिमा भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
दुई दिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आएका मिश्रीले यसअघि पनि विभिन्न उच्चस्तरीय भेटघाट गरेका थिए ।














