काठमाडौं, १९ कात्तिक । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रहरी महानिरीक्षक -आईजीपी) लाई कार्यकाल सकिन १७ महिना बाँकी रहँदै पदबाट हटाउने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।
उनले विभिन्न चलखेल र षड्यन्त्रमार्फत प्रहरी प्रमुखलाई हटाउनु सुशासन नभई राज्यशक्तिको दुरुपयोग भएको टिप्पणी गरेका छन् ।
आङ्देम्बेले देशमा बाढीपीडितको समस्या, विस्थापित सुकुम्वासीको अवस्था र बढ्दो महँगीजस्ता गम्भीर विषय समाधान गर्नुपर्ने बेला सरकार प्रहरी नेतृत्व परिवर्तनमा केन्द्रित भएको आरोप लगाए ।
आईजीपीलाई हटाउनुको आधार र प्रमाणसमेत सरकारले सार्वजनिक गर्नुपर्ने उनको माग छ ।
उनले सरकारका प्रवक्ताले पार्टीको निर्देशनमा आईजीपी हटाइएको बताएको तर राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का प्रवक्ताले भने पार्टीको निर्देशन नरहेको दाबी गरेको भन्दै सरकारको निर्णय प्रक्रियामाथि प्रश्न उठाएका छन् ।
अनुसन्धानका लागि नियन्त्रणमा लिइएको मोबाइल त्यहाँ कसरी पुग्यो र त्यसमा रहेका विवरण मेटाउने प्रयास भएको थियो कि थिएन भन्ने विषय स्पष्ट पार्नुपर्ने उनको भनाइ छ ।














