KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

एक वर्षदेखि रेडियो प्रसारण बन्द, अवरोध हटाउन राष्ट्रिय दलित पत्रकार संघको माग

एक वर्षदेखि रेडियो प्रसारण बन्द, अवरोध हटाउन राष्ट्रिय दलित पत्रकार संघको माग

बुटवल, २८ असोज । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेश कार्यसमितिले सुर्खेतको भेरीगंगा नगरपालिका–१, जहरेबजारबाट सञ्चालन हुँदै आएको रेडियो बिजी एफएम ९३.६ मेगाहर्जको प्रसारण एक वर्षदेखि बन्द भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघले प्रेस विज्ञप्ति जारी गर्दै लामो समयदेखि आम श्रोतामाझ सूचना, समाचार र मनोरञ्जन प्रदान गर्दै आएको रेडियोको प्रसारण अवरुद्ध हुनु दुःखद भएको उल्लेख गरेको छ।

विज्ञप्तिअनुसार रेडियो सञ्चालन भइरहेको भवनकी घरधनी भूमिसरा रानाका पति रामबहादुर रानाले व्यक्तिगत घरको खरिद–बिक्री तथा अन्य विवादलाई कारण देखाउँदै विगत एक वर्षदेखि रेडियोको नियमित प्रसारण पूर्ण रूपमा बन्द गराएको आरोप लगाइएको छ।

रेडियोको स्टुडियो, प्रसारणका लागि आवश्यक प्रविधि तथा अन्य उपकरणहरू निज रानाकै घरमा जडान गरिएका भए पनि घरकोठा प्रयोग गर्न नदिने, टावर जडान तथा पहुँचमा अवरोध पुर्‍याउने कार्यले रेडियो प्रसारण प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ। यसबाट सर्वसाधारण श्रोताहरू सूचनाको पहुँचबाट वञ्चित हुनुपरेको संघको भनाइ छ।

कुनै व्यक्तिको व्यक्तिगत कारोबार वा विवादका कारण सार्वजनिक महत्व बोकेको सञ्चार संस्थाको प्रसारण बन्द गराउनु नागरिकको सूचनाको अधिकारमाथिको हस्तक्षेप भएको संघले जनाएको छ। रेडियो बन्द हुँदा संस्थाले आर्थिक तथा प्राविधिक क्षति व्यहोर्नुपरेको र आम श्रोताहरू सूचना प्राप्त गर्ने अधिकारबाट वञ्चित भएको पनि विज्ञप्तिमा उल्लेख छ।

संघले उक्त घटनालाई गम्भीर रूपमा लिँदै अवरोधविरुद्ध सशक्त कानुनी प्रक्रियामा जानुपर्ने आवश्यकता औँल्याएको छ। रेडियोले व्यहोरेको आर्थिक तथा प्राविधिक क्षतिको कानुनबमोजिम असुलउपर गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सरकारी निकायसँग सहयोगको मागसमेत गरेको छ।

त्यसैगरी, आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी रेडियो प्रसारणलाई यथाशीघ्र नियमित बनाउन र भविष्यमा यस्ता अवरोध दोहोरिन नदिन सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ।

राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेश कार्यसमितिका सचिव अनिल नेपालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सञ्चार संस्थाको स्वतन्त्रता र नागरिकको सूचनाको अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्ने माग गरिएको छ।

Facebook Comment

Related Posts

रास्वपाद्वारा सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा रोक

आफूमाथि निष्पक्ष छानबिन गर्न खगेन्द्र सुनारको माग

तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री गुरुङ

तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री गुरुङ

बिमस्टेक बैठकका लागि भारत पुगेका गृहमन्त्रीले भेटे जयशंकर

बिमस्टेक बैठकका लागि भारत पुगेका गृहमन्त्रीले भेटे जयशंकर

राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन पत्राचार

राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन पत्राचार

अन्तरप्रदेश सहकार्य बढाउन मुख्यमन्त्री साझेदारी मञ्च गठन गर्ने निर्णय

अन्तरप्रदेश सहकार्य बढाउन मुख्यमन्त्री साझेदारी मञ्च गठन गर्ने निर्णय

गृहमन्त्री सुधन गुरुङ र अमित शाहबीच भेटवार्ता

गृहमन्त्री गुरुङ र अमित शाहबीच बालेनको भारत भ्रमणबारे छलफल

ताजा समाचार

रास्वपाद्वारा सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा रोक

आफूमाथि निष्पक्ष छानबिन गर्न खगेन्द्र सुनारको माग

तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री गुरुङ

तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री गुरुङ

एक वर्षदेखि रेडियो प्रसारण बन्द, अवरोध हटाउन राष्ट्रिय दलित पत्रकार संघको माग

एक वर्षदेखि रेडियो प्रसारण बन्द, अवरोध हटाउन राष्ट्रिय दलित पत्रकार संघको माग

बिमस्टेक बैठकका लागि भारत पुगेका गृहमन्त्रीले भेटे जयशंकर

बिमस्टेक बैठकका लागि भारत पुगेका गृहमन्त्रीले भेटे जयशंकर

राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन पत्राचार

राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन पत्राचार

अन्तरप्रदेश सहकार्य बढाउन मुख्यमन्त्री साझेदारी मञ्च गठन गर्ने निर्णय

अन्तरप्रदेश सहकार्य बढाउन मुख्यमन्त्री साझेदारी मञ्च गठन गर्ने निर्णय

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar