जनकपुरधाम, १६ जेठ । जनकपुधाम । मधेशका चर्चित मोडल अरुणकान्त यादव बेस्ट मोडेलको अवार्ड जितेका छन् । विभिन्न म्यूजिक भिडियोमा उत्कृष्ट अभिनय दिएकोले यादबलाई बेस्ट मोडेल अवार्ड दिएको हो । टच इन्टरटेन्मेन्ट एण्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल ईन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजना गरेको स्पर्श म्युजिक भिडियो अवार्डको तेस्रो संस्करणको क्रममा यादव बेस्ट मोडल रिजनलबाट यादव सम्मानित भएका छन । यादव दुई दर्जन भन्दा बढी मैथिली, भोजपुरी,हिन्दी म्युजिक भिडियो अभिनय गरेका छन भने हिन्दी सिनेमा गल्ती बाट चर्चा बटुल्न सफल भएका थिए ।