जनकपुर, १ असोज । आर्थिक वर्ष २०८३/०८४ सुरु भएको दुई महिना बितिसक्दा पनि धनुषाका १८ मध्ये १२ पालिकाको आर्थिक खाता सञ्चालनमा आउन सकेको छैन।
कोष तथा लेखा नियन्त्रण कार्यालय धनुषाका अनुसार हालसम्म जनकपुरधाम उपमहानगरपालिका, गणेशमान चारनाथ नगरपालिका, लक्ष्मीनियाँ, जनकनन्दनी, धनौजी र औरही गाउँपालिकाको मात्र खाता सञ्चालनमा आएको छ।
बाँकी पालिकाले गाउँसभा/नगरसभाबाट बजेट पारित, विनियोजन ऐन, अख्तियारी, स्वीकृत वार्षिक कार्यक्रम र जिन्सी निरीक्षणलगायत आवश्यक प्रक्रिया पूरा नगरेकाले खाता सञ्चालन हुन नसकेको कार्यालयले जनाएको छ।
खाता नखुलेका १२ पालिका
नगरपालिका
- मिथिला नगरपालिका
- क्षीरेश्वरनाथ नगरपालिका
- मिथिला बिहारी नगरपालिका
- धनुषाधाम नगरपालिका
- कमला नगरपालिका
- नगराइन नगरपालिका
- हंसपुर नगरपालिका
- सबैला नगरपालिका
- शहीदनगर नगरपालिका
- विदेह नगरपालिका
गाउँपालिका
11. बटेश्वर गाउँपालिका
12. मुखियापट्टी मुसहरनिया गाउँपालिका














