जनकपुरधाम,१४ फागुन । मधेश प्रदेशको राजधानी जनकपुरधाममा जनकपुरधाम उपमहानगरपालिका वार्ड नं ३ का वाडा अध्यक्ष दिपेन्द्र साह(टिकिवाला)ले किडनी पिडितलाई २१००० हजार आर्थिक सहयोग गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वार्ड नं ३ का ७० वर्षका दिप नारायण साह बिगत एक महिना देखि क्षयरोग,किडनी तथा लीभरको समस्याले ग्रसित रहेको परिवारजनले बताएका छन । आर्थिक अवस्था अति नै कमजोर रहेको पिडित साह बर्षै देखि जनकपुरको जनक मन्दिरको प्रांगनमा पत्रिका बेच्दै आईरहेको थियो ।
एक महिनादेखि रोगले ग्रसित साहको थप उपचार गराउन आर्थिक सहयोगको गरेको वाडा अध्यक्ष साहले बताएका छन ।
तेली समुदायका अभियानीहरु जानकी राम साह,प्रमेश्वर साह,किसुन साहको अगुवाइमा उक्त रकम सहयोग गरिएको थियो ।