काठमाडौं, ९ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्य र व्यवसायी उत्तम नेपालले नेपाल सरकारलाई डीएनए परीक्षण किटसहित एक करोड रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको हो। व्यवसायी नेपालले मन्त्री खनालमार्फत एक करोड रुपैयाँको चेक सरकारलाई प्रदान गरेका थिए। दुवैले व्यक्तिगत रूपमा सहयोग उपलब्ध गराएका हुन्।
सहयोग ग्रहण गर्दै मन्त्री खनालले आभार व्यक्त गर्दै यसले सरकारको डीएनए परीक्षण तथा अनुसन्धान क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य विदुषी राणा, एनआरएनएका प्रतिनिधि तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।














