काठमाडौं, ९ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उद्घाटन गरेका छन्।
उनले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुगेर प्रतियोगिताको उद्घाटन गरेका हुन्। प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने भएका छन्।
खेलमा टस जितेको लुम्बिनी लायन्सले पहिले बलिङ गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री शाह खेल अवलोकनका लागि रंगशाला पुगेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ।














