KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

लगातार तेस्रो पटक फाइनल खेलेको सुदूरपश्चिमले जित्यो पहिलो उपाधि

लगातार तेस्रो पटक फाइनल खेलेको सुदूरपश्चिमले जित्यो पहिलो उपाधि

काठमाडौं, ५ मंसिर । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको च्याम्पियन बनेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलो पटक उपाधि जितेको हो।

लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै बिना विकेटको क्षति पूरा गर्‍यो। उसका ओपनर जर्ज मुन्सेले १२५ रनको विस्फोटक अविजित पारी खेले भने विनोद भण्डारी ३० रनमा अविजित रहे।

लगातार तीन संस्करण फाइनल पुग्ने सुदूरपश्चिमले यसअघि पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग पराजय बेहोरेको थियो। यसपटक भने लुम्बिनीसँग अघिल्ला खेलमा व्यहोरेको हारको बदला लिँदै उपाधि आफ्नो पक्षमा पार्न सफल भयो।

यससँगै एनपीएलका तीनवटै संस्करणमा फरक–फरक टोली च्याम्पियन बनेका छन्। लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा रहेको लुम्बिनीको सपना भने अधुरै रह्यो।

उपाधिसँगै सुदूरपश्चिमले १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता लुम्बिनीले ८० लाख, तेस्रो भएको चितवन राइनोजले ४० लाख र चौथो काठमाडौं गोर्खाजले ३० लाख रुपैयाँ पाएका छन्।

कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी थिए। लिग चरणका २८ र नकआउट चरणका चार गरी कुल ३२ खेल भएका थिए।

Facebook Comment


Related Posts

जनकपुरमा पनि एनपीएलको घरेलु मैदान बन्ने, प्रधानमन्त्री बालेनको घोषणा

जनकपुरमा पनि एनपीएलको घरेलु मैदान बन्ने, प्रधानमन्त्री बालेनको घोषणा

धनुषाका शिवकुमार सादालाई प्रदेशस्तरीय बाल क्लब सञ्जालको नेतृत्व

धनुषाका शिवकुमार सादालाई प्रदेशस्तरीय बाल क्लब सञ्जालको नेतृत्व

प्रधानमन्त्री शाहको स्वागतमा दिल्ली नेपाल-भारतका झन्डाले सजियो

प्रधानमन्त्री शाहको स्वागतमा दिल्ली नेपाल-भारतका झन्डाले सजियो

जेनजी आन्दोलनका घटनामा ठूलो षड्यन्त्र थियो : देउवा

जेनजी आन्दोलनका घटनामा ठूलो षड्यन्त्र थियो : देउवा

वर्तमान सरकार गठन प्रक्रिया असंवैधानिक र अलोकतान्त्रिक छ : ओली

वर्तमान सरकार गठन प्रक्रिया असंवैधानिक र अलोकतान्त्रिक छ : ओली

स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्न हुँदैन : प्रचण्ड

स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्न हुँदैन : प्रचण्ड

ताजा समाचार

जनकपुरमा पनि एनपीएलको घरेलु मैदान बन्ने, प्रधानमन्त्री बालेनको घोषणा

जनकपुरमा पनि एनपीएलको घरेलु मैदान बन्ने, प्रधानमन्त्री बालेनको घोषणा

लगातार तेस्रो पटक फाइनल खेलेको सुदूरपश्चिमले जित्यो पहिलो उपाधि

लगातार तेस्रो पटक फाइनल खेलेको सुदूरपश्चिमले जित्यो पहिलो उपाधि

धनुषाका शिवकुमार सादालाई प्रदेशस्तरीय बाल क्लब सञ्जालको नेतृत्व

धनुषाका शिवकुमार सादालाई प्रदेशस्तरीय बाल क्लब सञ्जालको नेतृत्व

प्रधानमन्त्री शाहको स्वागतमा दिल्ली नेपाल-भारतका झन्डाले सजियो

प्रधानमन्त्री शाहको स्वागतमा दिल्ली नेपाल-भारतका झन्डाले सजियो

जेनजी आन्दोलनका घटनामा ठूलो षड्यन्त्र थियो : देउवा

जेनजी आन्दोलनका घटनामा ठूलो षड्यन्त्र थियो : देउवा

वर्तमान सरकार गठन प्रक्रिया असंवैधानिक र अलोकतान्त्रिक छ : ओली

वर्तमान सरकार गठन प्रक्रिया असंवैधानिक र अलोकतान्त्रिक छ : ओली


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar