काठमाडौं, २८ भदौ । जय नेपाल पार्टीका नेताहरूले देशमा स्थिरता, राष्ट्रिय एकता र समुन्नति कायम गर्न संवैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्र आवश्यक रहेको बताएका छन्।
शनिबार आयोजित कार्यक्रममा पार्टीका नेताहरूले संवैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्रमार्फत मुलुकलाई स्थिरता र विकासको बाटोमा अघि बढाउन सकिने धारणा राखेका हुन्।
कार्यक्रममा नेपाल युवा संगठनमा ९० जना युवा पार्टी प्रवेश गरेको नेता सगुन सुन्दर लावतीले जानकारी दिए। मधेस प्रदेशका युवालाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको संगठनका सभापति निराजन बमले बताए।
पार्टी प्रवेश गर्नेमा विकासकुमार यादव, अमान सिंह राजपुत, ज्ञानेन्द्र महतो, सौगात सिंह, सुशान्त सिंह राजपुत, विद्यासागर महतो, ओमप्रकाश कृष्णया, लवकुमार यादव र रोशनकुमार मुखियालगायत छन्।
सोही अवसरमा रमणकुमार यादवलाई नेपाल युवा संगठनको मधेस प्रदेश संयोजकको जिम्मेवारी दिइएको छ। कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरूले ७७ वटै जिल्लामा संगठन विस्तार गर्ने अभियान अघि बढाइएको जानकारी दिएका थिए।














