नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व व्यवस्थामा सुधार गर्दै ‘ग्लोबल साउथ’लाई निर्णय प्रक्रियामा निर्णायक भूमिका दिनुपर्ने बताएका छन्।
दिल्लीमा सुरु भएको १८औँ ब्रिक्स सम्मेलनलाई सम्बोधन गर्दै मोदीले विश्वको शक्ति र निर्णय गर्ने अधिकार केही मुलुकमा मात्र केन्द्रित रहेको भन्दै संरचनागत सुधार आवश्यक रहेको बताए। उनले ग्लोबल साउथको नेतृत्व लिन भारत तयार रहेको दाबी गरे।
सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले पश्चिम एसियामा जारी युद्धले अन्तर्राष्ट्रिय समुदायको हित नगर्ने बताएका छन्। उनले ब्रिक्स सदस्य राष्ट्रहरूलाई सार्वभौमसत्ता र आन्तरिक मामिलामा हस्तक्षेपको विरोध गर्न आग्रह गरे।
मोदीले सम्मेलनमा सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितका नेताहरूलाई स्वागत गरेका थिए।














