KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

शैक्षिक र सामाजिक रूपान्तरणका लागि संगठित हुनुपर्छ : मन्त्री दास

शैक्षिक र सामाजिक रूपान्तरणका लागि संगठित हुनुपर्छ : मन्त्री दास

जनकपुरधाम, २३ जेठ । मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्माले आगामी आर्थिक वर्षको बजेटमा दलित समुदायका बालबालिकाका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने कार्यक्रम समावेश गरिने बताएका छन्। उनले दलित समुदायको शैक्षिक तथा आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राखेर विभिन्न लक्षित कार्यक्रम ल्याउन लागिएको जानकारी दिए।

तत्मा बौद्धिक समाज नेपालद्वारा आयोजित मधेश प्रदेशस्तरीय प्रथम भेलालाई सम्बोधन गर्दै मन्त्री तत्माले दलित समुदाय आर्थिक, शैक्षिक तथा सामाजिक रूपमा पछाडि पारिएको समुदाय भएकाले यसको उत्थानका लागि शिक्षामा विशेष लगानी आवश्यक रहेको बताए। उनले समुदायको दीर्घकालीन विकास र सशक्तीकरणको आधार शिक्षा नै भएको उल्लेख गरे।

मन्त्री तत्माले देशमा विद्यमान दुईखाले शिक्षा प्रणालीका कारण गरिब तथा दलित समुदायका बालबालिका अवसरबाट वञ्चित भइरहेको धारणा राख्दै समान अवसर सुनिश्चित गर्न एकीकृत शिक्षा प्रणालीको आवश्यकता औँल्याए। “शिक्षामा समान पहुँच र गुणस्तर कायम नभएसम्म सामाजिक न्यायको लक्ष्य पूरा हुन सक्दैन,” उनले भने।

उनले मधेश प्रदेश सरकार अति विपन्न दलित तथा मुस्लिम समुदायको जीवनस्तर सुधारमा केन्द्रित रहेको बताउँदै आवास, स्वास्थ्य, खानेपानी तथा शौचालय निर्माणसम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। उनका अनुसार मधेश प्रदेशका १० हजारभन्दा बढी दलित तथा मुस्लिम परिवारलाई लक्षित गरी पक्की आवास तथा आधारभूत पूर्वाधार विकास कार्यक्रम आगामी बजेटमा समेटिएको छ।

युवाहरूको बढ्दो वैदेशिक पलायनलाई रोक्न सीपमूलक तालिम, व्यावसायिक दक्षता अभिवृद्धि तथा सहुलियतपूर्ण ‘स्टार्टअप लोन’ कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको मन्त्री तत्माले बताए। उनले महिला, दलित, पिछडिएका तथा आर्थिक रूपमा कमजोर समुदायलाई स्वरोजगारतर्फ आकर्षित गर्न विशेष कार्यक्रम ल्याइने जानकारी पनि दिए।

मन्त्री तत्माले आगामी बजेटमा दलित, मुस्लिम तथा अति विपन्न परिवारका लागि आवास निर्माण, बालबालिकाको शिक्षा, स्वास्थ्य सेवा विस्तार तथा खेलकुद क्षेत्रको विकासलाई प्राथमिकताका साथ समेटिएको उल्लेख गरे। बजेट सार्वजनिक भएपछि आवश्यक प्रक्रिया पूरा गरी कार्यक्रम कार्यान्वयन तत्काल सुरु गरिने उनको भनाइ थियो।

तत्मा बौद्धिक समाज धनुषाका अध्यक्ष रामबाबु दासको अध्यक्षतामा सम्पन्न भेलामा मधेश प्रदेशका आठवटै जिल्लाबाट तत्मा समुदायका अगुवा, बुद्धिजीवी, कर्मचारी तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा विदेह नगरपालिकाका मेयर बेचन दास, भारतबाट आएका दलित अगुवा राजकुमार दास तथा विभिन्न सामाजिक, राजनीतिक र बौद्धिक क्षेत्रका प्रतिनिधिहरूले समुदायको शिक्षा, संगठन, नेतृत्व विकास र सामाजिक सशक्तीकरणका विषयमा आ–आफ्नो धारणा राखेका थिए।

Facebook Comment

Related Posts

गुठीसम्बन्धी नयाँ विधेयक छिट्टै संसदमा ल्याइने : मन्त्री रावल

गुठीसम्बन्धी नयाँ विधेयक छिट्टै संसदमा ल्याइने : मन्त्री रावल

१५औँ महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व : देउवा

१५औँ महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व : देउवा

काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको ईभी दुर्घटना, चारको मृत्यु

काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको ईभी दुर्घटना, चारको मृत्यु

उद्योगी व्यवसायीसँग प्रधानमन्त्री बालेनको भेट, आर्थिक चुनौती समाधानमा मन्थन

नेपालले भोगिरहेको जलवायु क्षतिबारे विश्वलाई जानकारी गराउँछौँ : प्रधानमन्त्री शाह

‘लोकतन्त्रमा हिंसा र भयको स्थान छैन’ : सांसद यादव

‘लोकतन्त्रमा हिंसा र भयको स्थान छैन’ : सांसद यादव

स्वास्थ्य क्षेत्रमा सुधार माग गर्दै १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र

स्वास्थ्य क्षेत्रमा सुधार माग गर्दै १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar