काठमाडौँ, ३० भदौ । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले संसदमा उठाएको गम्भीर आरोपबारे सरकारसँग जवाफ मागेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै यादवले सिंहले प्रधानमन्त्रीको सचिवालयले सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक (डीजी) लाई बोलाएर पेस्तोल देखाउँदै धम्क्याएको आरोप लगाएको उल्लेख गरे। यस्तो विषय गम्भीर र लोकतान्त्रिक व्यवस्थामाथि प्रश्न उठाउने खालको भएकाले सरकारले स्पष्ट जवाफ दिनुपर्ने उनको भनाइ छ।
यादवले लोकतन्त्रमा हिंसा, त्रास र धम्कीका लागि कुनै स्थान नरहेको समेत बताए।














