काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीशद्वयको संयुक्त इजलासले मंगलबार साँझ प्रसाईंको पक्षमा रिट जारी गरेको हो । निर्वाचन आयोगको पत्रका आधारमा उनलाई फागुन ४ गते पक्राउ गरिएको थियो ।
आयोगको काम प्रभावित पार्ने गरी अफवाह फैलाएको आरोपमा पक्राउ परेका प्रसाईंमाथि आयोगका पदाधिकारीले पैसा लिएर एक नेतालाई दलको आधिकारिकता दिएको दाबी गरेको आरोप थियो ।














