काठमाडौं, १२ फागुन । राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा देशभर शान्ति सुरक्षा मजबुत बनाउन आग्रह गरेको छ ।
आयोगले विभिन्न जिल्लामा देखिएका राजनीतिक विवाद, निषेधाज्ञा र अमर्यादित अभिव्यक्तिले निर्वाचनको वातावरणमा नकारात्मक असर पार्न सक्ने भन्दै सरोकारवालालाई संयम अपनाउन आग्रह गरेको छ ।
आयोगले निर्वाचन आचारसंहिता विपरीत बालबालिकालाई चुनावी गतिविधिमा प्रयोग नगर्न समेत चेतावनी दिएको छ ।














