लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको एघारौँ महाधिवेशनबाट मिनबहादुर श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
केन्द्रीय प्रतिनिधि परशुना कँडेलका अनुसार आइतबार सम्पन्न महाधिवेशनबाट सबै पदमा निर्विरोध निर्वाचन भएको हो । महाधिवेशनले ११ सदस्यीय कार्यसमिति र १ जना आईसीसी सदस्य सर्वसम्मतिले निर्वाचित गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा लालबहादुर सोडारी चन्द, महिला उपाध्यक्षमा निर्मला शाही, महासचिवमा राजु बस्नेत खप्तडी र कोषाध्यक्षमा निरज सोडारी चन्द चयन भएका छन् ।
त्यस्तै, महिला प्रतिनिधिमा यामकला पौडेल र युवा प्रतिनिधिमा मानबहादुर बिक चयन भएका छन्। सदस्यहरूमा सन्दिपा गुरुङ, रम्बा तामाङ, प्रकाश तामाङ र कृष्ण महर्जन छन् ।














