काठमाडौं, २० कात्तिक । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत -सीईओ) नियुक्तिका लागि १६ जना उम्मेदवार संक्षिप्त सूची -सर्टलिस्ट) मा परेका छन् ।
नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार गरिएको मूल्यांकनमा उच्च अंक प्राप्त गर्ने १६ जनालाई छनोट गरिएको हो ।
छनोट उपसमितिले शुक्रबार सार्वजनिक गरेको नामावली वर्णानुक्रमअनुसार तयार पारिएको जनाएको छ । सर्टलिस्टमा आशुतोष प्रधान चितवन), उत्तमप्रसाद देवकोटा -चितवन), टेकबहादुर महत -इलाम), धर्मराज दवाडी -चितवन), नोजल कोइराला -मोरङ), युविका भण्डारी -काठमाडौं), राजाराम केसी -काठमाडौं) र रामचन्द्र सेढाईं -गोरखा) रहेका छन् ।
त्यस्तै रोहिणीप्रसाद खनाल -भक्तपुर), लक्ष्मण गौतम -दाङ), विनोद अर्याल -पाल्पा), श्रद्धा श्रेष्ठ -ताप्लेजुङ), श्रीप्रसाद भट्टराई -रुपन्देही), सन्तोष विक्रम थापा -काठमाडौं), सुरेश सिंह बुडाल -बैतडी) र हिकमत सिंह ऐर -कञ्चनपुर) पनि सर्टलिस्टमा समेटिएका छन् ।














