काठमाडौं, २९ असार । शिक्षक आफ्नै छात्रा जिस्काएपछि कुटाई खाएर प्रहरी हिरासतमा पुगेका छन् ।
गरुडा– ९ श्रीपुरस्थित श्री माध्यमिक विद्यालयका शिक्षक रवीन्द्र प्रसाद साहले छात्रालाई जिस्क्याएको भन्दै छात्राका आफन्तले विद्यालय तोडफोड समेत गरेका छन ।
छात्राको जन्म दिनमा ‘ह्याप्पी बर्थ डे मेरी जान’लेखेर पठाएको शिक्षकमाथि आरोप लागेको छ । सोही विषयलाई लिएर विद्यार्थी र अभिभावकले उनीमाथि कुटपिट गर्दै विद्यालयमा तोडफोड समेत गरेका हुन् ।
स्थिति नियन्त्रणभन्दा बाहिर जान थालेपछि प्रहरीले एक राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको थियो । शिक्षक शाहलाई नियन्त्रणमा लिइसकेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले जानकारी दिनुभएको छ ।














