जनकपुर, २ मंसिर । महोत्तरीको जलेश्वरमा आयोजित १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत मधेश प्रदेशस्तरीय टेबल टेनिस छनोट प्रतियोगितामा पुरुष तथा महिला खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्।
मधेश खेलकुद परिषद्को आयोजनामा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ सिरहाका कृष्ण यापा मगर प्रथम भएका छन्। धनुषाका नवीन बहादुर सिंह दोस्रो स्थान हासिल गर्दा पर्साका संजय अर्याल र सप्तरीका पियुष यादव तृतीय स्थानमा रहेका छन्।
त्यस्तै, महिलातर्फ महोत्तरीकी दीपिका भगत प्रथम, धनुषाकी प्रतिमा गिरी दोस्रो तथा महोत्तरीकी अस्मिता यादव र पर्साकी पूजा साह तृतीय स्थान हासिल गर्न सफल भएका छन्। महोत्तरीकी दिव्या साह पाँचौँ स्थानमा रहेकी छन्।
प्रतियोगिताका आयोजक मधेश खेलकुद परिषद् रहेको छ भने प्रतियोगिताको संयोजक मधेश खेलकुद परिषद्का सदस्य जितेन्द्र कुमार यादव रहेका छन्। प्रतियोगिता जलेश्वर, महोत्तरीमा सम्पन्न भएको हो।














