KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पुल बनेन, पुलमुनि नै भयो कवि सम्मेलन, सांसद अमरेशले दिए शीघ्र निर्माणको आश्वासन

पुल बनेन, पुलमुनि नै भयो कवि सम्मेलन, सांसद अमरेशले दिए शीघ्र निर्माणको आश्वासन

झापा, २ मंसिर । झापाको कनकाई (माइखोला) पुल १५ वर्षदेखि निर्माण सम्पन्न हुन नसकेपछि स्थानीयवासीले अनौठो तरिकाले विरोध जनाएका छन्। अलपत्र पुलमुनि नै शनिबार ‘हुलाकी बहुभाषिक कनकाई कवि तथा संवाद सम्मेलन’ आयोजना गरी कविता र साहित्यका माध्यमबाट राज्यको ध्यानाकर्षण गराइएको छ।

‘मेची–महाकाली पदयात्रा’का क्रममा झापा पुगेका संघीय सांसद एवं कार्यक्रमका प्रमुख अतिथि डा. अमरेशकुमार सिंहले पुल निर्माणको काम सरकारले अघि बढाइसकेको दाबी गर्दै अब शीघ्र सम्पन्न गरिने प्रतिबद्धता जनाए। उनले कनकाई पुल निर्माणले झापा गाउँपालिकालाई ताप्लेजुङ तथा प्रदेश राजधानी विराटनगरसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

सिंहले पुल नबन्दा किसान, विद्यार्थी र बिरामीले समेत लामो समयदेखि सास्ती भोग्नुपरेको उल्लेख गर्दै कनकाई क्षेत्रका चारवटै पुल निर्माणलाई तीव्रता दिन पहल गर्ने बताए।

कार्यक्रमका विशिष्ट अतिथि झापा क्षेत्र नम्बर ४ का सांसद शम्भु ‘सुस्केरा’ ढकालले पनि कनकाई पुल निर्माणका लागि संसद् र सडक दुवैबाट आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे। वर्षायाममा डुङ्गा र हिउँदमा धुलाम्मे बाटोको समस्या भोग्नुपरेको उल्लेख गर्दै उनले पुल निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

यसैबीच, पुल निर्माणका लागि दबाब बढाउन युवा नेता मनोज विष्टको संयोजकत्वमा ‘कनकाई पुल संघर्ष समिति’ गठन गरिएको छ।

हुलाकी सडक संघर्ष समितिको आयोजनामा भएको सम्मेलनमा नेपाल तथा भारतका साहित्यकार र कविहरूले नेपाली, मैथिली, राजवंशी र सुरजापुरी भाषामा कविता तथा मन्तव्य प्रस्तुत गरेका थिए। उनीहरूले १५ वर्षदेखि पुल अलपत्र रहँदा स्थानीयले भोग्दै आएको समस्या र निर्माणमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गरे।

अधुरो पुलमुनि नै आयोजना गरिएको यो सम्मेलनले लामो समयदेखि ओझेलमा परेको पूर्वाधार निर्माणको मुद्दालाई पुनः चर्चामा ल्याएको छ।

Facebook Comment


Related Posts

टेबल टेनिस छनोटमा धनुषा, महोत्तरी, सिरहा र पर्साका खेलाडीको उत्कृष्ट प्रदर्शन

टेबल टेनिस छनोटमा धनुषा, महोत्तरी, सिरहा र पर्साका खेलाडीको उत्कृष्ट प्रदर्शन

नौ दलको अग्रगामी मोर्चा एउटै चुनाव चिह्नबाट चुनाव लड्ने तयारीमा

नौ दलको अग्रगामी मोर्चा एउटै चुनाव चिह्नबाट चुनाव लड्ने तयारीमा

अधुरा सडक र पुल निर्माण शीघ्र सम्पन्न गर्न सांसद राजकिशोर महतोको पहल

अधुरा सडक र पुल निर्माण शीघ्र सम्पन्न गर्न सांसद राजकिशोर महतोको पहल

एमालेमाथि फेरि हमला भए सरकारलाई महँगो पर्छ : ओली

एमालेमाथि फेरि हमला भए सरकारलाई महँगो पर्छ : ओली

दानबहादुर कार्कीको पुनर्बहाली मागसम्बन्धी रिटमा भोलि सुनुवाइ

दानबहादुर कार्कीको रिटमा सर्वोच्चको आदेश, मंसिर ७ गते दुवै पक्षलाई बोलाइयो

नवजात शिशुको मृत्युले वीरगन्जको नेशनल मेडिकल कलेजमा विवाद

नवजात शिशुको मृत्युले वीरगन्जको नेशनल मेडिकल कलेजमा विवाद

ताजा समाचार

टेबल टेनिस छनोटमा धनुषा, महोत्तरी, सिरहा र पर्साका खेलाडीको उत्कृष्ट प्रदर्शन

टेबल टेनिस छनोटमा धनुषा, महोत्तरी, सिरहा र पर्साका खेलाडीको उत्कृष्ट प्रदर्शन

नौ दलको अग्रगामी मोर्चा एउटै चुनाव चिह्नबाट चुनाव लड्ने तयारीमा

नौ दलको अग्रगामी मोर्चा एउटै चुनाव चिह्नबाट चुनाव लड्ने तयारीमा

पुल बनेन, पुलमुनि नै भयो कवि सम्मेलन, सांसद अमरेशले दिए शीघ्र निर्माणको आश्वासन

पुल बनेन, पुलमुनि नै भयो कवि सम्मेलन, सांसद अमरेशले दिए शीघ्र निर्माणको आश्वासन

अधुरा सडक र पुल निर्माण शीघ्र सम्पन्न गर्न सांसद राजकिशोर महतोको पहल

अधुरा सडक र पुल निर्माण शीघ्र सम्पन्न गर्न सांसद राजकिशोर महतोको पहल

एमालेमाथि फेरि हमला भए सरकारलाई महँगो पर्छ : ओली

एमालेमाथि फेरि हमला भए सरकारलाई महँगो पर्छ : ओली

दानबहादुर कार्कीको पुनर्बहाली मागसम्बन्धी रिटमा भोलि सुनुवाइ

दानबहादुर कार्कीको रिटमा सर्वोच्चको आदेश, मंसिर ७ गते दुवै पक्षलाई बोलाइयो


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar