काठमाडौं, २ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफ्नो पार्टीमाथि दमन गरिरहेको आरोप लगाउँदै त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन्।
बुधबार एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले सरकारबाट एमालेमाथि सुनियोजित रूपमा हमला भइरहेको दाबी गरे। उनले आगामी दिनमा पनि पार्टीमाथि दमन भए त्यसको परिणाम सरकारका लागि महँगो पर्ने बताए।
आफू पक्राउ पर्दा सयौँ कार्यकर्तामाथि कुटपिट भएको स्मरण गर्दै ओलीले अब त्यस्तो व्यवहार सहेर नबस्ने स्पष्ट पारे। उनले सम्भावित सरकारी कदमको सामना गर्न लाखौँ कार्यकर्तालाई प्रतिरोधका लागि तयार रहन निर्देशनसमेत दिए।
सरकारको गतिविधिप्रति सचेत रहन आग्रह गर्दै ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई आवश्यक परे सडकमा उत्रिन तयार रहन आह्वान गरेका छन्।














