जनकपुर, २ असोज । जनकपुरधाम उपमहानगरपालिका–३ निवासी जितेन्द्र साहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को साधारण सदस्य पदबाट राजीनामा दिएका छन्।
साहले २०८३ साल असोज २ गतेदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने भन्दै सम्बन्धित पार्टी कमिटीसमक्ष राजीनामा पत्र बुझाएका हुन्।
राजीनामा पत्रमा उनले आजकै मितिदेखि राप्रपासँगको आफ्नो सम्पूर्ण पार्टी सदस्यता तथा राजनीतिक जिम्मेवारीबाट अलग भएको उल्लेख गरेका छन्।
उनले आफ्नो राजीनामा स्वीकृत गरी सोहीअनुसारको जानकारी लिन पार्टी कमिटीलाई आग्रह गरेका छन्।














