जनकपुर, २ असोज । जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डा. सीके राउत निर्विरोध निर्वाचित भएका छन ।
पार्टीको दोस्रो महाधिवेशनका लागि अध्यक्ष पदमा राउतको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । जनमत पार्टीको दोस्रो महाधिवेशन आगामी असोज ९ र १० गते वीरगञ्जमा हुँदैछ ।
अध्यक्षबाहेक उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव पदमा एकभन्दा बढी उम्मेदवारी परेकाले निर्वाचन हुने भएको छ । ७ जना उपाध्यक्षका लागि १४ जनाको उम्मेदवारी परेको छ ।
महासचिव पदमा ३ जना, उपमहासचिवमा २ जना र ७ जना सचिवका लागि १० जनाले उम्मेदवारी दिएका छन् ।














