काठमाडौं, जेठ २६ । रास्वपा सभापति रवि लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा चलिरहेको सानो पाइला सहकारी ठगी मुद्दाबाट संगठित अपराधको आरोप हटाइएको छ ।
महान्यायाधिवक्ताको निर्णयअनुसार सरकारी वकिलले आरोपपत्र संशोधनको निवेदन दिएपछि न्यायाधीश मोहन सुवेदीको इजलासले संशोधन आदेश जारी गरेको हो ।
यससँगै आरोपित र पीडितबीच मिलापत्रको बाटो खुलेको छ, जसबाट सहमति भएमा मुद्दा फिर्ता हुन सक्ने कानुनी सम्भावना बनेको छ ।
उक्त मुद्दा २०८२ असार १ गते रवि लामिछानेसहित २९ जनाविरुद्ध ५ करोड ७४ लाख रुपैयाँ विगो दाबीसहित दायर गरिएको थियो ।






![जनकपुरमा गृहमन्त्रीको धार्मिक भ्रमण, वार्ताको नतिजाबारे बोलेनन [भिडियो]](https://kpkhabar.com/wp-content/uploads/2026/08/grih-mantri-janakimandir-350x250.jpeg)





![जनकपुरमा गृहमन्त्रीको धार्मिक भ्रमण, वार्ताको नतिजाबारे बोलेनन [भिडियो]](https://kpkhabar.com/wp-content/uploads/2026/08/grih-mantri-janakimandir-120x86.jpeg)

