जनकपुरधाम, १७ फागुन । इन्टर कलेज क्रिकेट प्रतियोगिता जनकपुरधाममा सुरु भएको छ ।
जनकपुरधामको एतिहासीक रंगभूमी मैदान बाह्रविघामा प्रतिनिधिसभा सदस्य जुलीकुमारी महतोले क्रिकेट प्रतियोगिताको उद्धघाटन गरेकी छन् ।
चैत महिनाको हिलो सातासम्म चल्ने खेलमा कुल १६ वटा कलेजको टिमहरु सहभागी रहेको आयोजकले जनाएको छ ।
पहिलो खेल मिट क्याम्पस र धनुषा साइन्सबीच जारी रहने छ ।