जनकपुर, ४ कात्तिक । मधेश प्रदेश सरकारका पूर्व खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्माले विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
दसैँको अवसरमा शुभकामना दिँदै पूर्वमन्त्री तत्माले यस पर्वले समाजमा आपसी सद्भाव, भाइचारा, एकता र सहकार्यको भावना बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
उनले विजयादशमीले अन्याय, विभेद र नकारात्मक प्रवृत्ति विरुद्ध अघि बढ्ने प्रेरणा दिनुका साथै सबै जातजाति, भाषा, धर्म र समुदायबीच पारस्परिक सम्मान कायम गर्न सहयोग पुर्याउने अपेक्षा व्यक्त गरेका छन्।
तत्माले दसैँको खुसी परिवार र आफन्तसँग मात्र सीमित नराखी विपन्न, असहाय तथा दुःखमा परेका व्यक्तिहरूसँग पनि बाँड्न आग्रह गरेका छन्। उनले सबैले आपसी प्रेम, सद्भाव र सामाजिक एकतालाई प्राथमिकता दिँदै हर्षोल्लासका साथ विजयादशमी मनाउन शुभकामना दिएका छन्।














