काठमाडौं, ४ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्ति र शोकबीच मनाउनुपरेको विजयादशमीले नेपाली समाजमा एकता, आशा र पुनर्निर्माणको ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
विजयादशमीको शुभकामना सन्देश जारी गर्दै लामिछानेले प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले विपत्तिका कारण घरबारविहीन र विस्थापित भएका परिवारको पीडालाई स्मरण गर्दै सबैलाई एकजुट हुन आग्रह गरेका छन्।
उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा समर्पित हुनुपर्ने उल्लेख गर्दै विजयादशमीले निराशालाई आशामा र विपत्तिलाई पुनर्निर्माणमा बदल्ने प्रेरणा देओस् भन्ने कामना गरेका छन्। साथै, स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, स्वास्थ्य र समृद्धिको शुभकामना दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्ति र शोकबीच मनाउनुपरेको विजयादशमीले नेपाली समाजमा एकता, आशा र पुनर्निर्माणको ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।