काठमाडौं, ४ कात्तिक । हर्मुज जलमार्ग नजिकै कच्चा तेल बोकेको विशाल ट्याङ्कर समुद्री बारुदी सुरुङमा ठोक्किएर विस्फोट भएको खबरपछि मध्यपूर्वमा तनाव थप बढेको छ।
घटनापछि अमेरिकाले उक्त क्षेत्रमा आफ्नो सैन्य उपस्थिति विस्तार गर्दै तेस्रो विमानवाहक युद्धपोत र करिब १० हजार सैनिक तैनाथ गरेको जनाइएको छ।
इरानका राष्ट्रपति मसुद पेजेस्कियान र विदेशमन्त्री अब्बास अराग्चीले अमेरिकी सर्त अस्वीकार गर्दै इरानले अघि सारेका सात सर्त पूरा नभएसम्म हर्मुज जलमार्ग नखोल्ने र आणविक सामग्री देशबाहिर नपठाउने बताएका छन्।
यसैबीच, साउदी अरबले राजधानी रियादतर्फ उडिरहेको एउटा ड्रोन खसालेको छ। क्षेत्रीय तनाव कायम रहे पनि पाकिस्तान र कतारको मध्यस्थतामा अमेरिका र इरानबीच अप्रत्यक्ष कूटनीतिक संवाद जारी रहेको जनाइएको छ।














