KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राष्ट्रिय तत्मा बौद्धिक समाजको प्रथम प्रदेशस्तरीय बैठक सम्पन्न

स्वर्गीय बृजलाल दासको स्मृतिमा ११ हजारको अक्षयकोष स्थापना

राष्ट्रिय तत्मा बौद्धिक समाजको प्रथम प्रदेशस्तरीय बैठक सम्पन्न

जनकपुर, ५ कात्तिक । राष्ट्रिय तत्मा बौद्धिक समाजको प्रथम प्रदेशस्तरीय बैठक जनकपुरमा सम्पन्न भएको छ। प्रदेश अध्यक्ष इन्जिनियर रामबाबु दासको अध्यक्षतामा बसेको बैठकले समाजको संगठन विस्तार, विधान संशोधन, तत्मा समुदायको जनगणना, अक्षयकोष स्थापना तथा सामाजिक कुरीति न्यूनीकरणलगायत विषयमा छलफल गरेको छ।

बैठकमा मधेस प्रदेशभरि तत्मा समुदायको वास्तविक अवस्था र जनसंख्या पहिचान गर्न समुदायस्तरीय जनगणना गर्ने, संगठनलाई प्रदेशका सबै जिल्लामा विस्तार गर्ने तथा सदस्यता वितरण र सदस्यता शुल्कसम्बन्धी विषयमा आवश्यक निर्णय लिने विषयमा छलफल भएको थियो।

त्यसैगरी समाजको विधान संशोधन गरी संगठनलाई थप व्यवस्थित बनाउने, राष्ट्रियस्तरमा समाजको पहिचान विस्तार गर्ने तथा स्वजातीय समुदायका जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ। बैठकले समाजमा विद्यमान दाइजो प्रथा र मृत्यु भोजजस्ता सामाजिक प्रचलन न्यूनीकरण गर्न सचेतनामूलक पहल आवश्यक रहेकोमा जोड दिएको छ।

बैठकले समाजको सामाजिक तथा बौद्धिक गतिविधिलाई निरन्तरता दिन अक्षयकोष स्थापना गर्ने निर्णयसमेत गरेको छ। सोही क्रममा प्रदेश महासचिव कुलदिप दासले आफ्ना स्वर्गीय हजुरबुवा बृजलाल दासको स्मृतिमा ११ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्।

उक्त अक्षयकोषबाट प्राप्त हुने रकम तथा सम्मानपत्र प्रत्येक तीन वर्षमा एक जना स्वजातीय समाजसेवी वा अनुसन्धान कर्तालाई प्रदान गरिने जनाइएको छ। सम्मानका लागि योग्य व्यक्तिको छनोट सम्बन्धित समितिको निर्णयअनुसार गरिनेछ। यस पहलले तत्मा समुदायभित्र सामाजिक सेवा, अध्ययन, अनुसन्धान तथा बौद्धिक योगदानलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

बैठकले प्रदेशको विधान दर्तासम्बन्धी कार्य अघि बढाउन दिपनारायण दासको संयोजकत्वमा समिति गठन गरेको छ। समितिका सदस्यहरूमा कुलदिप दास, शम्भु दास, मनोज कुमार दास र जितन दास रहेका छन्।

त्यसैगरी अक्षयकोष सञ्चालन तथा व्यवस्थापनका लागि कुलदिप दासको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिका सदस्यहरूमा मनोज कुमार दास र हरिन्द्र दास तत्मा रहेका छन्।

बैठकमा समाजका प्रदेश उपाध्यक्ष राम उमेश दास, सचिव बृजकिशोर दास, शम्भु दास, अजित दास, कोषाध्यक्ष दिपनारायण दास, सदस्य रामबृक्ष दास, धनुषाका सदस्य सूर्यनारायण दास, सप्तरीकी जुर्मि देवी दास, सिरहाका सदस्य महेन्द्र दास, सप्तरीका राजदेव दास, सप्तरी अध्यक्ष जितन दास तथा सिरहा अध्यक्ष मनोज कुमार दासलगायतको सहभागिता रहेको थियो।

बैठकले तत्मा समुदायको सामाजिक, शैक्षिक तथा बौद्धिक विकासका लागि संगठनलाई थप सक्रिय बनाउँदै समुदायको हकहित, पहिचान र सामाजिक सुधारका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा छलफल गरेको छ।

Facebook Comment


Related Posts

एनपीएलको टिकट मूल्य सार्वजनिक, साधारण टिकट ५०० रुपैयाँ

एनपीएलको टिकट मूल्य सार्वजनिक, साधारण टिकट ५०० रुपैयाँ

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीलाई लगाए दसैँको टीका

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीलाई लगाए दसैँको टीका

सक्रिय राजनीतिमा फर्किएपछि विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमण

सक्रिय राजनीतिमा फर्किएपछि विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमण

ताइवान र जापानमा शक्तिशाली आँधीको चेतावनी, ११ हजार यात्रु प्रभावित

ताइवान र जापानमा शक्तिशाली आँधीको चेतावनी, ११ हजार यात्रु प्रभावित

साउदी अरबमा ड्रोन आक्रमणको प्रयास, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदी अरबमा ड्रोन आक्रमणको प्रयास, एक नेपालीसहित दुई जनाको मृत्यु

दसैँको टीका र जमरा लगाउने क्रम आज पनि जारी

दसैँको टीका र जमरा लगाउने क्रम आज पनि जारी

ताजा समाचार

एनपीएलको टिकट मूल्य सार्वजनिक, साधारण टिकट ५०० रुपैयाँ

एनपीएलको टिकट मूल्य सार्वजनिक, साधारण टिकट ५०० रुपैयाँ

राष्ट्रिय तत्मा बौद्धिक समाजको प्रथम प्रदेशस्तरीय बैठक सम्पन्न

राष्ट्रिय तत्मा बौद्धिक समाजको प्रथम प्रदेशस्तरीय बैठक सम्पन्न

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीलाई लगाए दसैँको टीका

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीलाई लगाए दसैँको टीका

सक्रिय राजनीतिमा फर्किएपछि विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमण

सक्रिय राजनीतिमा फर्किएपछि विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमण

ताइवान र जापानमा शक्तिशाली आँधीको चेतावनी, ११ हजार यात्रु प्रभावित

ताइवान र जापानमा शक्तिशाली आँधीको चेतावनी, ११ हजार यात्रु प्रभावित

साउदी अरबमा ड्रोन आक्रमणको प्रयास, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदी अरबमा ड्रोन आक्रमणको प्रयास, एक नेपालीसहित दुई जनाको मृत्यु


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar