काठमाडौं, ७ कात्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वमा बदलिँदो भूराजनीतिक परिस्थितिको प्रभाव नेपालमा बढी परेको बताएका छन्।
पार्टीको दुई महिने राष्ट्रिय जागरण अभियान उद्घाटन गर्दै प्रचण्डले अन्तर्राष्ट्रिय राजनीतिक परिवर्तन र भूराजनीतिक चलखेलका कारण नेपाल असहज परिस्थितिबाट गुज्रिरहेको बताए।
उनले विगतका राजनीतिक परिवर्तन र उत्पीडित समुदायको अधिकार प्राप्तिमा योगदान दिएको आफ्नो पार्टी वर्तमान परिस्थितिप्रति थप गम्भीर र जिम्मेवार हुनुपर्ने धारणा राखे। नेपालको सार्वभौमिकता र जनताको अधिकारको संरक्षणका लागि पार्टी संवेदनशील भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।














