काठमाडौं २१ असोज । मस्तिष्क क्यान्सरबाट पीडित भएका गायक प्रमोद पाण्डेको निधन भएको छ । पाण्डेको बिहिवार ५९ वर्षको उमेरमा काठमाडौंको निवासमा उनको निधन भएको छ।
२०३९ सालदेखि रेडियो नेपालमा गाउन सुरु गरेका पाण्डेले थुप्रै आधुनिक, भजन र लोकगीत गाएका छन् ।
२०४२ सालमा रेडियो नेपालमा रेकर्ड भएको उनले गाएको ‘जिन्दगीले कहाँ ल्याइपुर्यायो,’ बोलको गीत चर्चित थियो । कुन्ति मोक्तानसँग गाएको ‘आँखामै राखेर’ बोलको गीत र उनले प्रेम खड्कासँग गाएको ‘डालीमा डाली नाचेर हिंड्ने’ बोलको लोक गीत पनि चर्चित थियो ।