काठमाडौं, २९ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्गा प्रसाईँ र प्रहरीबीच पुनः विवाद भएको छ।
झापाबाट काठमाडौं फर्किएका प्रसाईँलाई विमानस्थल परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिन प्रहरीले रोक लगाएपछि अवस्था तनावपूर्ण बनेको हो।
विमानस्थलमा जम्मा भएका युट्युबर तथा समर्थकलाई सम्बोधन गर्न खोज्दा प्रहरीले रोकेपछि प्रसाईँले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङविरुद्ध नाराबाजी गरेका थिए। त्यसक्रममा प्रहरी र उनका समर्थकबीच घम्साघम्सीसमेत भएको बताइएको छ।
घटनामा नागरिक बचाउ महाअभियानका बाग्मती संयोजकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अभियानका नेता माधव खतिवडाले प्रहरीको व्यवहारलाई दमन भन्दै आलोचना गरेका छन्।
यता, काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले प्रसाईँलाई पक्राउ नगरिएको स्पष्ट पार्दै सुरक्षाका लागि विमानस्थलबाट सुरक्षित रूपमा घर पठाइएको बताएका छन्।














