जनकपुरधाम २० भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अजय कुमार राउत धनुषा क्षेत्र नम्बर-४को (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवारमा सिफारिस भएका छन् ।
लोसपा धनुषा क्षेत्र नम्बर ४को सोमबार बसेको बैठकले राउतको नाम प्रदेश सभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस गरिएको पार्टीका क्षेत्रीय अध्यक्ष जितकुमार साहले जानकारी दिएका छन ।
राउत बटेश्वर गाउपालिकाबाट लोसपाका पालिका अध्यक्षको प्रत्याशी हुन ।