काठमाडौँ, ५ माघ । अदालतले पनि आफूहरुलाई न्याय नदिएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले टिप्पणी गरेका छन् ।
अध्यक्ष ठाकुरले सरकारले मधेसमाथि विभेद जारी राखेको जिकिर गर्दै अदालतले पनि न्याय नदिएको गुनासो पोखे ।
शुक्रवार काठमाडौँमा आयोजित ‘संविधानको पूर्णता तथा संघीयताको अभ्यास’ विषयक विचार गोष्ठीमा बोल्दै उनले भाषाको सवाल, राष्ट्रिय पोशाकको सवालमा अदालतले पनि मधेसलाई साथ नदिएको बताए ।
उनले सबैभन्दा बढी जनसंख्या भएको मधेस प्रदेशमा कम बजेट दिने काम समेत भएको भन्दै मधेसमाथि भएको विभेदविरुद्ध फेरि संघर्ष चर्काउनुपर्ने बेला आएको उल्लेख गरे ।














