KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा जोड दिन आग्रह

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा जोड दिन आग्रह

वीरगन्ज, १० चैत  । दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवानले मधेस प्रदेश सरकारले जारी गरेको दलित सशक्तीकरण ऐन २०७६ कार्यान्वयनमा जोड दिन आग्रह गरेका छन् । ‘

दलित सशक्तीकरण ऐन २०७६ कार्यान्वयनको अवस्था ः आगामी दिनमा कार्यपालिका सदस्यहरूको भूमिका’ विषय जिल्लास्तरीय कार्यक्रममा अवसरमा बोल्दै उक्त आग्रह गरेका हुन् ।

उनले थपे– जबसम्म यो ऐनको प्रभावकारी कार्यान्वयन हुँदैन तबसम्म मधेसका दलित समुदायले भोग्नुपरेका समस्या समाधान हुन कठिन हुन्छ ।

पर्सा र बाराका विभिन्न पालिकाका दलित कार्यपालिका सदस्यहरू सहभागी यो कार्यक्रममा आयोजक संस्था दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवानले मधेस प्रदेश सरकारद्वारा जारी यो ऐनमा जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्ने र दलित समुदायको शैक्षिक, सामाजिक, राजनीतिक, नागरिक, सांस्कृतिक अधिकार प्रबद्र्धन तथा दलित समुदायको सशक्तीकरण गर्ने कानुनी व्यवस्थाहरू समावेश भएको जानकारी दिएका थिए ।

दलित अधिकारका लागि प्रदेश र पालिका स्तरमा शक्तिशाली समिति, प्रदेश प्रहरीअन्तर्गत जातीय छुवाछूत तथा भेदभाव हेर्न दलितकै नेतृत्वमा छुट्टै सेल बनाउने व्यवस्था गर्ने, मधेस प्रदेशका दलितको समग्र विकास र सशक्तीकरणका लागि दलित विकास समिति गठन गर्ने व्यवस्थासमेत भएकाले यो ऐन दलित समुदायको अधिकार प्राप्तिका लागि कोसे ढुङ्गा सावित हुने बताएका थिए ।

यो ऐनमा जातीय छुवाछूतसम्बन्धी घटनाहरूको अध्ययन, अनुगमन तथा जातीय विभेदविरुद्धको कानुन कार्यान्वयन, रेखदेख, नियन्त्रण र सुपरीवेक्षण गर्न प्रदेश स्तरमा जातीय विभेद तथा छुवाछूत अनुगमन समिति रहने व्यवस्था पनि उल्लेख छ । कार्यकारी निर्देशक पासवानले ऐन बनेको ३ वर्ष बितिसके पनि यो पूर्णरूपमा कार्यान्वयनमा नआएकाले अब यसमा जोड दिनुपर्ने आवश्यकता महसुस गरी मधेस प्रदेशका ८ वटै जिल्लामा यस्तो कार्यक्रम आयोजना गरिएको पनि बताए ।
उक्त कार्यक्रममा पत्रकार रघुनाथ लामिछानेले स्थानीय तह तथा प्रतिनिधि सभा र प्रदेश सभामा दलित समुदायको उपस्थितिबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनले दलित समुदायलाई राज्यका विभिन्न निकायमा पु¥याउन भएका कानुनी तथा नीतिगत व्यवस्था उल्लेख गरेका थिए । त्यसैगरी संविधानले व्यवस्था गरेको समानुपातिक र समावेशी आधारलाई समाएर अघि बढ्न उनको आग्रह थियो ।
त्यस क्रममा कार्यक्रममा उपस्थित बारा र पर्साका कार्यपालिका सदस्यहरूले आफ्ना अनुभव, समस्या तथा जिज्ञासा राखेका थिए । पत्रकार बृजलाल पासवानले कार्यक्रममा बोल्दै दलित समुदाय जुनसुकै पार्टीमा भए पनि एकजुट भएर अघि नबढेसम्म अधिकार प्राप्ति सहज नहुने धारणा राखेका थिए । आफ्नो अधिकारका लागि आफैँ सक्रिय हुनुपर्ने भन्दै उनले सूचना र जानकारी हासिल गरेर अघि बढ्दा गन्तव्यमा चाँडो पुगिने बताएका थिए । कार्यक्रमको अन्तिममा पर्सा र बाराका दलित कार्यपालिका सदस्यहरूले जिल्लास्तरीय सञ्जाल गठन गरेका थिए । जसअनुसार पर्साको सञ्जालमा अध्यक्ष सजिना बिक ९पटेर्वा सुगैली०, उपाध्यक्ष फूलमाया दर्जी [ठोरी], कोषाध्यक्ष नितुकुमारी राम ९वीरगन्ज०, सचिव ऋषिकुमार हजारा ९जिराभवानी० र सहसचिव सुनिताकुमारी राम ९पर्सागढी० छन् ।

त्यसैगरी बाराको सञ्जालमा अध्यक्ष विरस्पतिदेवी राम ९सुवर्ण०, उपाध्यक्ष रूपकलीदेवी माझी ९महागढीमाई०, कोषाध्यक्ष रामपतिदेवी पासवान ९आदर्श कोतवाल०, सचिव शारदादेवी राम ९करहियामाई० र सहसचिव अनिता बैठा ९बारागढी० छन् । सबै कार्यपालिका सदस्य यस्तो सञ्जालको सदस्य हुने जानकारी कार्यक्रममा दिइयो ।
वीरगन्जस्थित रोयल पार्टी प्यालेसमा आयोजित कार्यक्रममा दुवै जिल्लाका कार्यपालिका सदस्य, अन्य जनप्रतिनिधि, पत्रकार र दलित अधिकारकर्मी तथा अगुवा गरी ५० जनाको सहभागिता थियो ।

 

 

Facebook Comment


Related Posts

रसुवा बाढीमा ३३२ जनाको मृत्यु, उद्धार र खोजी जारी

बाढी प्रभावित क्षेत्रलाई सरकारले ‘विपद् सङ्कटग्रस्त’ घोषणा गर्‍यो

भोटेकोशी बाढीको वितण्डा, रसुवाका जलविद्युत् आयोजना प्रभावित

ग्ल्यासियर फुटेको हो, ड्याम होइन : सरकार

प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा दिने

प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा दिने

आज जनैपूर्णिमा : देशभर रक्षाबन्धन र नयाँ जनै धारण गरिँदै

आज जनैपूर्णिमा : देशभर रक्षाबन्धन र नयाँ जनै धारण गरिँदै

शिक्षा मन्त्रालयको निर्देशन : विश्वविद्यालयका परीक्षा तत्काल स्थगित

शिक्षा मन्त्रालयको निर्देशन : विश्वविद्यालयका परीक्षा तत्काल स्थगित

प्राकृतिक बाँध फुटे ठूलो बाढी आउन सक्ने चीनको चेतावनी

बाढीपीडितका लागि निजी क्षेत्र जुट्यो, ४६ करोडभन्दा बढी सहयोग

ताजा समाचार

रसुवा बाढीमा ३३२ जनाको मृत्यु, उद्धार र खोजी जारी

बाढी प्रभावित क्षेत्रलाई सरकारले ‘विपद् सङ्कटग्रस्त’ घोषणा गर्‍यो

रसुवा बाढीलाई ‘असाधारण’ भन्दै ट्रम्पले भने-आवश्यक सहयोग गर्छौँ

रसुवा बाढीको भयावह असर : ५५३ जनाको मृत्यु, उद्धार जारी

भोटेकोशी बाढीले रसुवामा ठूलो क्षति, २१ प्रहरीमध्ये १६ बेपत्ता

भोटेकोशी बाढीमा बेपत्ता प्रहरीको सूची सार्वजनिक

रसुवा बाढीमा ७ जनाको मृत्यु, नुवाकोट र धादिङमा शव फेला

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५४७ पुग्यो

अवरोध तालको अवस्था निगरानी गर्न चीनले परिचालन गर्‍यो उद्धार तथा विपद् टोली

अवरोध तालको अवस्था निगरानी गर्न चीनले परिचालन गर्‍यो उद्धार तथा विपद् टोली

भोटेकोशी बाढीको वितण्डा, रसुवाका जलविद्युत् आयोजना प्रभावित

ग्ल्यासियर फुटेको हो, ड्याम होइन : सरकार


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar