काठमाडौं, १२ भदौ । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रमा बनेको तालबाट ग्ल्यासियर फुटेर लेदोसहित पानी ओभरफ्लो भएको सरकारले जनाएको छ।
तर तत्काल ठूलो जोखिम नरहेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताएका छन्। सरकारले परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ पक्षसँग निरन्तर सम्पर्क गरिरहेको जनाएको छ।
चिनियाँ पक्षबाट पनि तत्काल ठूलो जोखिम नरहेको जानकारी आएको भन्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
यसैबीच, रसुवाका नदी आसपास रहेका मानिसलाई सुरक्षाकर्मीले सुरक्षित स्थानमा सारिरहेका छन्।













