KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

छठ पर्ब आजबाट शुरु

छठ पर्ब आजबाट शुरु

जनकपुरधाम ११ कार्तिक । मधेशसहित देश भरमा आजबाट छठ पर्ब शुरु भएको छ ।चार दिनसम्म चल्ने छठ पर्व अन्तर्गत आज अरवे नहाय खाय अर्थात अरवा अरवाईन विधि सम्पन्न भएको छ । व्रतीहरूले आज नदी, तलाउ, जलाशयमा स्नान गरेर चाखो तथा शुद्ध खाने कुरा खाएका छन् । भोलि पञ्चमी तिथिका दिन खरना पर्व हुनेछ । व्रतीले दिनभरि उपवास बसेर साँझपख प्रसादको रुपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर, पुरी पकाएर केला सहितको सामाग्रीहरू छठी मैयाँलाई अर्पण गरेर आफू पनि नुनरहित प्रसाद नै ग्रहण गरी खरना विधि गर्दछन् ।
छठको तेस्रो दिन अर्थात षष्ठी तिथिका दिनभरि निराहार बसेर अस्ताउँदो सूर्यलाई नदी, तलाउ एवं सरोवरमा पुगेर प्रथम अर्घ दिने कार्यक्रम छ । यस दिन जनकपुरधाम सहितका कतिपय ठाउँमा बिहानैदेखि छठ घाटमा डाला सहितको प्रसाद सामाग्री राख्ने गरिन्छ भने कतिपय ठाउँमा दिउँसो मात्र प्रसादहरू घाटमा लाने गरिन्छ ।
चौथो दिन अर्थात सप्तमी तिथिका दिन पुनः उदाउँदो सूर्यलाई दोस्रो पटक अर्घ दिएपछि छठ पर्व विधिवत् समापन हुन्छ भएपछि व्रतीहरूले करिब ४८ घण्टा उपवास पश्चात् परना अर्थात् नुन सहितको खाना अर्थात खरना खाने गर्दछन् ।
छठ पर्वमा बाँसको ढाकी, टपरी, डगरी, माटोको कोसिया कुरबार, हाती लगायतको भाडा पर्वणहरूमा विभिन्न प्रकारका प्रसाद सामग्रीहरु राखेर सूर्यलाई अर्घ दिने चलन छ । प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, बेसार, अदुवा एवं अन्य प्रकारको वनस्पति, मिठान्न तथा फलफूल सूर्य देवता अर्पण गर्ने चलन रहेको छ । अर्घ दिने व्रतालु ४८ घण्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान् अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरू अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ । छठ पर्वको पूजा सामग्री जोरजाम, किनमेल गर्न यतिबेला बजारमा घुइँचो लाग्ने गरेको छ । त्यस्तै आदिदेव सूर्य भगवानलाई अर्घ दिन तराई मधेशको नदी, तलाउ, पोखरी, इनार लगायतको जलाशयको किनारमा घाटलाई सिँगार्ने काम भइरहेको छ । खासगरी जनकपुरको धार्मिक तथा ऐतिहासिक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ लगायतको पोखरीहरूलाई नवदुलही झैँ सजाएर झकिझकाउ बनाउने कार्य जारी छ ।

Facebook Comment

Related Posts

बीमा-धितोपत्र मुद्दामा गोल्छासँग १ करोड धरौटी माग

बीमा-धितोपत्र मुद्दामा गोल्छासँग १ करोड धरौटी माग

कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेसका पाँच मन्त्रीले दिए राजीनामा

लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेसका पाँच मन्त्रीले दिए राजीनामा

पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन, कांग्रेस शोकमा

पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन, कांग्रेस शोकमा

प्रदर्शन उग्र बनेपछि पकलीदेखि कोशी ब्यारेजसम्म कफ्र्यू

प्रदर्शन उग्र बनेपछि पकलीदेखि कोशी ब्यारेजसम्म कफ्र्यू

‘सबै मन्त्रालयले सरसफाइ गरे मधेश भवन नमुना बन्छ’ : मन्त्री लखन दास

‘सबै मन्त्रालयले सरसफाइ गरे मधेश भवन नमुना बन्छ’ : मन्त्री लखन दास

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar