राजविराज, २६ असोज । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सप्तरीका जीर्ण सडक तत्काल मर्मत तथा स्तरोन्नति गर्न र बिटौरी जग्गाधनीलाई लालपुर्जा वितरणको प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।
सोमबार जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला निकायका प्रमुख तथा जनप्रतिनिधिसँग भएको छलफलमा मन्त्री यादवले राजविराजदेखि छिन्नमस्ता भगवती मन्दिर, कङ्कालिनी मन्दिर, रुपनी र कञ्चनपुरसहित १२ स्थानका सडकको अवस्था सुधार गर्न जोड दिएका हुन्।
बैठकमा उनले जग्गाधनी प्रमाणपुर्जा नभएका नगरवासीलाई लालपुर्जा उपलब्ध गराउन जग्गा दर्तासम्बन्धी गठन आदेश, २०८३ मन्त्रिपरिष द्बार स्वीकृत भइसकेको जानकारी दिए।
साथै, राजविराजका बिटौरी जग्गाधनीलाई दसैँअघि नै लालपुर्जा वितरणका लागि आवश्यक प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरे।














