काठमाडौँ, २६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीमा मनोनीत १३ जना सदस्यलाई शपथ ग्रहण गराएका छन्।
एमालेको असोज २४ गते बसेको स्थायी कमिटी बैठकले सृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्बुहाङ, नवीन रोका, मिनप्रसाद गुरुङ, डबल पाण्डे र तेजेन्द्र केसीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो।














