KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

काठमाडौँ, २६ असोज । चीनका लागि नेपालको आवासीय राजदूतमा सिफारिस भएका डा. कल्याणराज शर्माले नेपाल–चीनबीच भएका पुराना सम्झौता कार्यान्वयन, व्यापार घाटा न्यूनीकरण, चिनियाँ लगानी वृद्धि र विपद् व्यवस्थापनमा सहकार्यलाई प्राथमिकतामा राखेका छन्।

संसदीय सुनुवाइ समितिमा पेस गरेको कार्ययोजनामा शर्माले नयाँ सम्झौता गर्नुभन्दा पुराना प्रतिबद्धतालाई परिणाममुखी बनाउने बताएका छन्। रसुवागढीस्थित मितेरी पुल, स्याफ्रुबेंसी–रसुवागढी सडक, काठमाडौँ चक्रपथ विस्तार र केरुङतर्फको कनेक्टिभिटीलाई उनले प्राथमिकतामा राखेका छन्।

नेपालको व्यापार घाटा कम गर्न नेपाली उत्पादनलाई चिनियाँ बजारमा पुर्‍याउने योजना पनि उनले अघि सारेका छन्। नेपाली अर्थोडक्स चियालाई नमुना परियोजनाका रूपमा निर्यात गर्ने तथा कफी, अलैँची, जडीबुटी, पस्मिना, गलैँचा र हस्तकलाको बजार विस्तारका लागि पहल गर्ने उनको तयारी छ।

त्यस्तै, नेपालमा सार्वजनिक ऋणको भार नबढ्ने गरी चिनियाँ लगानी र प्रविधि भित्र्याउने उनको योजना छ। जलविद्युत् र सिमेन्टमा सीमित लगानीलाई सूचना प्रविधि, कृषि प्रशोधन तथा हरित उद्योगसम्म विस्तार गर्न पहल गरिने उनले बताएका छन्। पर्यटनतर्फ बढी खर्च गर्ने र लामो समय बस्ने पर्यटक आकर्षित गर्न लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना पनि कार्ययोजनामा समेटिएको छ।

शर्माले नेपाल–चीनका सीमा नाकाको नियमित सञ्चालन, स्तरोन्नति तथा पारवहन सम्झौताअन्तर्गत उपलब्ध चिनियाँ बन्दरगाहको उपयोगलाई समेत महत्त्व दिएका छन्। केरुङतर्फ रेलमार्ग विस्तारको सम्भावनाबारे संवाद अघि बढाउने उनको योजना छ।
यसैगरी, बाढीपहिरो, हिमताल विस्फोट र जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न चीनसँग संयुक्त पूर्वसूचना प्रणाली, स्याटेलाइट प्रविधि र विपद् प्रतिकार्यमा सहकार्य विस्तार गर्ने प्रस्ताव उनले गरेका छन्।

शर्माले कार्यभार सम्हालेको पहिलो सय दिनभित्र पुराना सम्झौताको समीक्षा र दूतावासको आधारभूत तथ्याङ्क तयार गर्ने बताएका छन्। आफ्नो कार्यकालको मूल्याङ्कन बैठकको सङ्ख्याभन्दा लगानी वृद्धि, प्रविधि हस्तान्तरण, निर्यात विस्तार र विपद् व्यवस्थापनमा प्राप्त उपलब्धिका आधारमा हुनुपर्ने उनको धारणा छ।

Facebook Comment

Related Posts

एमालेका १३ केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीले गराए शपथ

एमालेका १३ केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीले गराए शपथ

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

रोहित पौडेलको शतक, नेपालले क्यानडासामु राख्यो २३६ रनको चुनौती

रोहित पौडेलको शतक, नेपालले क्यानडासामु राख्यो २३६ रनको चुनौती

क्षेत्रीय सुरक्षा र सहकार्यका विषयमा छलफल गर्न गृहमन्त्री गुरुङ भारतमा

क्षेत्रीय सुरक्षा र सहकार्यका विषयमा छलफल गर्न गृहमन्त्री गुरुङ भारतमा

उदयपुरमा दुई स्थानबाट एक हजार किलोभन्दा बढी गाँजा बरामद

उदयपुरमा दुई स्थानबाट एक हजार किलोभन्दा बढी गाँजा बरामद

नागरिकको भावनाअनुसार काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको आग्रह

नागरिकको भावनाअनुसार काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको आग्रह

ताजा समाचार

एमालेका १३ केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीले गराए शपथ

एमालेका १३ केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीले गराए शपथ

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

रोहित पौडेलको शतक, नेपालले क्यानडासामु राख्यो २३६ रनको चुनौती

रोहित पौडेलको शतक, नेपालले क्यानडासामु राख्यो २३६ रनको चुनौती

क्षेत्रीय सुरक्षा र सहकार्यका विषयमा छलफल गर्न गृहमन्त्री गुरुङ भारतमा

क्षेत्रीय सुरक्षा र सहकार्यका विषयमा छलफल गर्न गृहमन्त्री गुरुङ भारतमा

उदयपुरमा दुई स्थानबाट एक हजार किलोभन्दा बढी गाँजा बरामद

उदयपुरमा दुई स्थानबाट एक हजार किलोभन्दा बढी गाँजा बरामद

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar