जनकपुर, २१ असोज । नता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक बुधबारदेखि सुरु हुने भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसँग एकीकरण भएपछि बस्न लागेको यो जसपा नेपालको पहिलो केन्द्रीय समिति बैठक हो।
तीन दिनसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, संगठन विस्तार, पार्टी समायोजन र लेवी लगायतका विषयमा छलफल हुने बताइएको छ। अध्यक्ष उपेन्द्र यादवले राजनीतिक प्रतिवेदन तथा सांगठनिक प्रतिवेदन बैठकमा प्रस्तुत गर्नेछन्।
लोसपासँग एकीकरणपछि केन्द्रीय तहको समायोजन भए पनि प्रदेश, जिल्ला र स्थानीय तहका संरचनाको समायोजन अझै बाँकी छ। बैठकले ती तहको समायोजनसँगै भ्रातृ संगठनको एकीकरण र केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँडबारे पनि निर्णय गर्नेछ।














