काठमाडौं, १६ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी दिशामा अघि बढिरहेको दाबी गरेका छन्।
शुक्रबार पूर्वाधार विकास मन्त्रालयको कार्यशालामा बोल्दै उनले लगानी र आर्थिक वृद्धिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।
वाग्लेले आगामी दशकमा औसत ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्दै केही वर्षमै नेपालको अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर पुर्याउने सरकारको लक्ष्य रहेको बताए।
उनले परम्परागत विकास मोडलभन्दा डिजिटल अर्थतन्त्र, अन्तर्राष्ट्रिय सेवा व्यापार र प्रविधिमा आधारित क्षेत्रलाई नयाँ आर्थिक सम्भावनाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
उनका अनुसार उक्त लक्ष्य हासिल गर्न लगानी बढाउनुका साथै नीतिगत स्पष्टता र निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउन आवश्यक छ।














