काठमाडौं, १६ असोज । जिल्ला प्रहरी परिसर काठमाडौंले दसैँ–तिहारलाई लक्षित गर्दै विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ।
योजनाअनुसार काठमाडौंमा ३ हजार ५०६ जना सुरक्षाकर्मी परिचालन गरिने भएको छ। शुक्रबार पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक दानबहादुर थापाले चाडपर्वका बेला चोरी, ठगी, लुटपाट तथा सार्वजनिक स्थानमा हुने दुर्व्यवहारलाई सुरक्षा चुनौतीका रूपमा पहिचान गरिएको बताए।
सुरक्षाका लागि २२ प्रकारका ड्युटीमा प्रहरी परिचालन गरिनेछ। साथै, नाकामा तालिमप्राप्त कुकुरबाट जाँच, सीसीटीभी निगरानी तथा सादा पोशाकका प्रहरी परिचालन गरिने प्रहरीले जनाएको छ। जोखिम बढे आवश्यकताअनुसार थप प्रहरी परिचालन गरिनेछ।














