काठमाडौं, १६ असोज । राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालबीच शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा सभामुख अर्यालले अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन आइतबार तान्जानिया जान लागेको जानकारी राष्ट्रपति पौडेललाई गराएका थिए। सभामुखको सचिवालयका अनुसार भेटमा अन्य समसामयिक विषयमा समेत छलफल भएको थियो।














