काठमाडौं, १६ असोज । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विकास र लगानीका लागि अनुकूल वातावरण बनाउन सरकारले विद्यमान कानुन परिमार्जन गर्न लागेको बताएका छन्।
शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६’ सम्बन्धी कार्यशालामा मन्त्री लम्सालले लगानी र पूर्वाधार क्षेत्रमा रहेका कानुनी जटिलता हटाउन सरकार प्रतिबद्ध रहेको बताए।
उनले नागरिकमैत्री कानुन निर्माणलाई प्राथमिकता दिइएको उल्लेख गर्दै सार्वजनिक खरिदलगायतका कानुनमा आवश्यक सुधार गरिने बताए। कानुनी सुधारले पूर्वाधार विकासलाई थप प्रभावकारी र गतिशील बनाउने उनको भनाइ थियो।














