काठमाडौं, १६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरूलाई रिस र खराब आचरण त्यागेर जनताको सेवामा केन्द्रित हुन निर्देशन दिएका छन्।
शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा ओलीले पार्टीले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न आग्रह गरे।
उनले एमालेका नेताहरूको आचरण शुद्ध, अनुशासित र नमुनायोग्य हुनुपर्ने बताए। नेतामा रिसाउने बानी हुनु स्वाभाविक मान्न नसकिने भन्दै ओलीले रिसलाई ‘घरको खोपामा राखेर’ जनताको सेवामा लाग्न सुझाव दिए।














