काठमाडौं, ३१ भदौ । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र खोजीका क्रममा दुई जनाको शव फेला परेको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार खोजी अभियानका क्रममा बुधबार दुई शव भेटिएका हुन्। उनका अनुसार सुरुङको ‘ब्रेक थ्रु’ समेत भइसकेको छ।
गत १० भदौमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा मानिस फसेको आशंकामा खोजी तथा उद्धार जारी छ।














